२६ वैशाख २०७७, काठमाडौं
शुक्रबार (आज) अपराह्नबाट संघीय संसदको बजेट अधिवेशन शुरु भएको छ ।
कोभिड १९ (कोरोना भाइरस) रोकथामका लागि सरकारले बन्दाबन्दी गरे पनि विशेष सावधानी अपनाएर संघीय संसदको अधिवेशन शुरु भएको हो ।
१५ जेष्ठमा बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम पारित र प्रि-बजेट छलफल गर्नुपर्ने बाध्यताका कारण बन्दाबन्दीकैबीच संघीय संसदको अधिवेशन बोलाइएको हो ।
बैठकमा विभिन्न शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।
|तस्वीरः भिडिओ- प्रतिनिधि साभको वेबसाइट|