झन भयावह बन्दै छिमेकी राष्ट्र भारतको स्थिती थपिदैं संक्रमित, बढ्दै मृत्यु, अपडेट



२७ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारत सार्क राष्ट्रमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ भने एसियाली मुलुकमा चौथो नम्बरमा रहेको छ त्यस्तै विश्वमा १४ औं नम्बरमा रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ९६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ९ सय ८५ पुगेको छ ।

एकैदिन ३ हजार ३ सय ४२ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५९ हजार ६ सय ९३ पुगेको छ । त्यस्तै संक्रमितमध्ये १७ हजार ८ सय ८७ जना उपचारपछि निको भएका छन् भने ३९ हजार ८ सय २१ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्