अमेरिकामा ७८ हजार ५ सय बढीको मृत्यु, संक्रमित मात्रै १३ लाख २० हजार भन्दा धेरै, अपडेट



२७ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय २९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७८ हजार ५ सय ५७ बढी  पुगेको छ ।

एकैदिन २७ हजार ९ सय ८६ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १३ लाख २० हजार ६ सय ९ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ९ सय ३१ जनाको अवस्था गम्भीर रहेको छ भने २ लाख २२ हजार ९ सय ३५ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्