ह्वाइट हाउसमा भित्रियो कोरोना, राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सका प्रमुख सहयोगी संक्रमित



२७ बैशाख २०७७, काठमाडौं

अमेरिकी उपराष्ट्रपति माइक पेन्सको एक जना प्रमुख सहयोगीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । माइक पेन्सकी प्रेस सेक्रेटरी केटी मिलर कोरोनाभाइरसद्वारा संक्रमित भएकी हुन् ।

बिहिबार मात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एक सहयोगीलाई पनि कोरोना पुष्टि भएको थियो ।

यससँगै ह्वाइट हाउसले अब दैनिक रुपमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको कोरोना परीक्षण सुरु गर्न थालेको छ ।

स्रोत : बीबीसी

प्रतिक्रिया दिनुहोस्