कोरोनाका कारण समस्यामा परेका मजदुरलाई खाना खुवाउँदै गायिका अञ्जु पन्त



२७ बैशाख २०७७, काठमाडौँ

कोरोनाका कारण नेपालमा लकडाउन भएको करिब २ महिना बित्न लागिसकेको छ । लामो समयसम्म लकडाउन भएकाले दैनिक मजदुरी गरेर परिवार पालेका मजदुरलाई अहिले बिहान बेलुका खाना खान धौ धौ परिरहेको छ ।

मजदुर समस्यामा परेकाले विभिन्न कलाकारले मजदुरहरुलाई आफूले सक्ने सहयोग गरिरहेका छन् । यसैबिच चर्चित गायिका अञ्जु पन्तले पनि सहयोगको हात अगाडी बढाएकी छिन् ।

गायिका अन्जु पन्तले काठमाडौँ उपत्यकाभित्र बौद्ध, जोरपाटी, बीर अस्पताल, नख्खु दोबाटो, फर्सीडोल ललितपुर लगायतका विभिन्न १२ स्थानमा विहिवार र शुक्रबार खाना वितरण गरेकी छिन् । ‘अन्जु पन्त फाउण्डेसन’को तर्फबाट उनले खाना वितरण गरेकी हुन् ।

उनले यस्तो कठिन समयमा आफूले पनि केही सहयोग गर्न पाएकोमा निकै नै खुसी लागेको बताइन् । साथै अञ्जुले लकडाउनको नियम पालना गर्दै सबैलाई घरमा नै सुरक्षित रहन पनि आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्