आलियासँग नभएर यी व्यक्तिसँग रणवीरको विवाह गरिदिन चाहन्थे ऋषि !



२७ बैशाख २०७७, काठमाडौँ

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको केहीदिन अघिमात्र निधन भयो । यतिबेला उनको निधनको कारण पुरा बलिउड नै स्तब्ध छ । यसैबिच ऋषिका फ्यानले सामाजिक सञ्जालमा उनले गरेका पुराना ट्वीटलाई फेरि याद गरिरहेका छन् ।

यसैबिचि यतिबेला सन् २०१८ मा ऋषिले गरेको एक ट्वीटले निकै चर्चा पाइरहेको छ । सन् २०१८ मा ऋषिले ट्वीटरमा आफ्ना छोरा रणवीर कपूरको तस्वीर शेयर गरेका थिए । उक्त तस्वीरमा आयन मुखर्जी छन् ।

उनले दुईको तस्वीर शेयर गर्दै लेखेका थिए – ‘मिल्ने साथी, के हुन्छ यी दुईले बिहे गरे भने र?’

यबितेला सबैले आयनलाई आलियासँग दाँजिरहेका छन् । किनकी आलिया अहिले रणवीर कपुरलाई डेट गरिरहेकी छिन् । उनीहरुको २०२० मा विवाह हुने चर्चा समेत चलेको थियो । तर ऋषिको निधनले ऋषिको छोराको विवाह हेर्ने सपना अधुरै भएको छ ।

प्रतिक्रिया दिनुहोस्