जनमोर्चा भन्छ, ‘एमसीसी संशोधन गरेर पनि स्वीकार्न नसकिने सम्झौता’



२७ वैशाख २०७७, काठमाडौं

राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्न नहुनेमा जोड दिएको छ ।

नेकपा कार्यदलले सुझाव दिए जसरी संशोधन गरेर पनि सम्झौतालाई स्वीकार गर्न नसकिने जनमोर्चाको निष्कर्ष छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गर्दै एमसीसी संशोधन गरेर पनि स्वीकार गर्न नसकिने सम्झौता भएको उल्लेख गरेका छन् ।

जनमोर्चाले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जान सडक खोलेकोमा पनि भारतको विरोध गरेको छ । भारतीय नेपाली भूमि मिच्दा पनि सरकारले भारतपरस्त नीति लिएको जनमोर्चाको दावी छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्