२७ बैशाख २०७७, काठमाडौँ
सलमान खानका भाई अरबाज खान बलिउड नायिका मलाइका अरोरासँग डिभोर्स भएपछि जियोर्जिया एन्ड्रियानीसँग प्रेम सम्बन्धमा रहेका छन् । यी दुईले एकअर्कालाई डेट गरेको २ बर्ष पुगिसकेको छ ।
अहिले लकडाउन भएका कारण यी दुई एकअर्कासँग समय बिताइरहेका छन् । यसैबिच भारतीय मिडियाले यी दुईले गुपचुप विवाह गरेको खबर बाहिर ल्याएको छ । यसबारे अरबाजको गर्लफ्रेण्डले वास्तविकता के हो बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘हामी दुई पहिले पनि एकसाथ लामो समयदेखि सँगै छौं । त्यसैले यसका खासै कुनै परिवर्तन आएको छैन । हामी एक अर्कालाई निकै राम्रोसँग बुझ्छौँ ।’
यसबाहेक उनले विवाह भएमा सबैलाई जानकारी दिने समेत जिकिर गरेकी छिन् । भनेकी छिन्, ‘मानिसहरु जे मन लाग्छ सोच्न सक्छन् । तर मलाई यस्ता कुराहरुले फरक पर्दैन । जब हामी यो सम्बन्धलाई अगाडि बढाउँछौँ तब हामी सबैलाई जानकारी दिनेछौँ ।
मलाइका र अरबाजका एक छोरा रहेका छन्, अरहान खान । जसलाई सलमान खान असाध्यै माया गर्छन् । अरबाजसँग डिभोर्स भएपनि मलाइका बेला बेलामा अरहानलाई भने भेट्न आइरहन्छिन् ।