इरफानलाई याद गर्दै दिपिकाले भनिन्, ‘फर्किएर आउ इरफान’



२७ बैशाख २०७७, काठमाडौँ

नायिका दिपिका पादुकोणले आफ्ना प्रिय मित्र इरफान खानलाई निकै मिस गरिरहेकी छिन् । उनले हालैमात्र सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै इरफानलाई याद गरेकी छिन् ।

उनले सेयर गरेको भिडियो चलचित्र पिंकु को छायांकनको हो । उनले इरफानलाई याद गर्दै क्याप्सनमा लेखेकी छिन्, कृपया फर्किएर आउ इरफान ।

२९ अप्रिलमा दुर्लभ खाले क्यान्सरका कारण इरफान खानको ५३ वर्षको उमेरमा निधन भयो । दुई वर्षदेखि उनी क्यान्सरसँग लडिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्