अमेरिकाबाट आयो काहालीलाग्दो तथ्यांक,मृत्युले नाघ्यो ८० हजार, अपडेट



२८ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय १२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८० हजार २७ बढी  पुगेको छ ।

एकैदिन २४ हजार ९ सय ८६ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १३ लाख ४६ हजार ७ सय ११ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ८ सय १७ जनाको अवस्था गम्भीर रहेको छ भने २ लाख ३७ हजार २२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्