के अब छिमेकी मुलुक भारत बन्दैछ ‘कोरोना हटस्पट’? दैनिक संक्रमित दर निकै उच्च



२८ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारत सार्क राष्ट्रमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ भने एसियाली मुलुकमा चौथो नम्बरमा रहेको छ त्यस्तै विश्वमा १४ औं नम्बरमा रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ सय १६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २ हजार १ सय नाघेको छ ।

एकैदिन ३ हजार १ सय १३ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६२ हजार ८ सय ८ पुगेको छ । त्यस्तै संक्रमितमध्ये १९ हजार ३ सय १ जना उपचारपछि निको भएका छन् भने ४१ हजार ४ सय ४ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्