पूर्व राष्ट्रपति ओबामाले वर्तमान राष्ट्रपति ट्रम्पको गरे कडा आलोचना



२८ बैशाख २०७७, काठमाडौं

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको कडा आलोचना गरेका छन् । कोरोनाभाइरससँग जुध्नका लागि राष्ट्रपति ट्रम्पको कदमलाई उनले कडा शब्दमा आलोचना गरेका छन् ।

ह्वाइट हाउसमा रहँदा उनका लागि काम गर्ने तीन अधिकारीसँगको एक नीजि कुराकानीमा उनले जसरी अमेरिकाले यो महामारीसँग जुधिरहेको छ त्यसलाई पूर्ण रुपमा एक ‘अराजक–आपत्तियुक्त’ स्थिती बताएका छन् ।

उक्त कुराकानीको क्रममा पूर्व राष्ट्रपति ओबामाले नोभेम्बरमा हुने चुनावमा जो बिडेनको समर्थन गर्दै एउटा ठूलो भूमिका निभाउन चाहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्