नेपालका लागि बेलायती राजदूत बेपत्ता



२८ वैशाख २०७७, काठमाडौं

नेपालका लागि बेलायती राजदूत बेपत्ता भएका छन् ।

बेलायतका पूर्व राजदूत रिचर्ड मोरिस हराएको भन्दै बेलायतको स्थानीय प्रहरीले सूचना प्रकाशन गरेको छ । उनलाई अन्तिम पटक २४ वैशाख बिहान साढे १० बजे बेन्टली क्षेत्रमा दगुर्दै गरेको देखिएको बताइएको छ ।

ह्याम्पशायर प्रहरीले आफूहरूले ५२ वर्षीय मोरिसको खोजी गरिरहेको र उनलाई भेट्टाएमा खबर गर्न भनेको छ । गोरो, करीब ६ फिट अग्लो तथा खैरो कपाल र दाह्री भएको, अनुहारमा जन्मजात दाग भएको व्यक्तिको रूपमा उनको शारीरिक बनौटबारे प्रहरीले उल्लेख गरेको छ ।

उनको परिवारसमेत निकै चिन्तित रहेको प्रहरीले जनाएको छ । मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतको रूपमा काठमाडौं बसेका थिए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्