भारतले सार्वभौमसत्तामा आँच पुऱ्यायो : ओली-प्रचण्ड



२८ वैशाख २०७७, काठमाडौं

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्मको सडम निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुऱ्याएको भन्दै सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत् आपत्ति जनाएका छन् ।

शनिबार (हिजो) साँझा जारी अध्यक्षद्वयद्वारा हस्ताक्षरित विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइएको छ । नेपाल कोभिड १९ (कोरोना भाइरस)विरुद्ध लडिरहेको बेलामा भारतले यस्तो कदम चाल्नु आपत्तिजनक र निन्दनीय रहेको बताइएको छ ।

यस्तै उक्त स्थानमा सडक निर्माण कार्यलाई तत्काल रोक्न पनि विज्ञप्तिमार्फत् भनिएको छ । सुगौली सन्धीसहितका सबै ऐतिहासिक प्रमाण र तथ्यहरुले उक्त भूमि नेपालकै भएको देखाएको बताउँदै दुई अध्यक्षले भनेका छन्, “विदेशमन्त्रीस्तरीय वार्ताका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयले लिएको पहलकदमीअनुसार अविलम्ब वार्ता गर्नुपर्ने नेकपाको ठहर छ।”

यस्तैगरी विज्ञप्तिमा दुवै सरकारलाई वार्ता र कूटनीतिक माध्यमले यो समस्याको समाधान गर्न आग्रह गरिएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्