सगरमाथा तिब्बतमा पर्छ : चिनियाँ मिडिया [सीजीटीएन]



२८ वैशाख २०७७, काठमाडौं

एक चिनियाँ मिडिया सीजीटीएनले सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने दावी गरेको छ ।

चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो ।

सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिएको छ ।

सीजीटीएनले गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सन्जालमा विरोध भइरहेको छ। उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिइरहेका छन् ।

|तस्वीर : सीजीटीएन|

प्रतिक्रिया दिनुहोस्