सलमानसँगको विवाहबारे लुलियाले दिइन् यस्तो बयान…



२८ बैशाख २०७७, काठमाडौँ

बलिउड अभिनेता सलमान खान अविवाहित छन् । जसका कारण उनलाई बारम्बार विवाहबारे प्रश्न गरिने गरिन्छ । सलमानको नाम पहिलेदेखि नै विभिन्न अभिनेत्रीहरुसँग जोडिदैँ आएको छ ।

यस्तै पछिल्लो समयमा भने उनको नाम रोमनियन मोडल लुलिया भन्तुरसँग जोडिदैँ आएको छ । बलिउडमा हाल सलमान र लुलिया प्रेममा रहेको छ । तर दुवैले यो कुरालाई स्वीकारेका छैनन् ।

यस्तै लुलियालाई सलमानसँग विवाह कहिले गर्ने भनेर धेरै नै प्रश्न गरिने गरिन्छ । यसबारे लुलियाले आफ्नो बयान दिएकी छिन् । उनी एकसाथ समय बिताउनु र कसैसँग पुरै जीवन नै बिताउनु फरक कुरा रहेको बताएकी छिन् ।

उनी बारम्बार यो प्रश्नले आफू दिक्क समेत भैसकेको बताएकी छिन् । उनले भनिन्, मलाई लाग्छ सबैभन्दा महत्वपूर्ण कुरा हामी दुई एक अर्काको बारेमा के सोच्छौं भन्ने हो । एकसाथ समय बिताउनु पनि महत्वपूर्ण कुरा हो । कुनै व्यक्तिसँग जीवनभर साथ रहनु महत्वपूर्ण कुरा हो । कागजमा विवाहको धब्बा लगाउनु ठूलो कुरा होइन ।’

प्रतिक्रिया दिनुहोस्