२८ बैशाख २०७७, काठमाडौँ
बलिउड अभिनेता ऋषि कपुर अझैपनि धेरैजनाको लागि सपना जस्तै लागिरहेको छ । विशेष उनको निकै नजिक रहेकाहरुलाई उनी गएको जस्तो नै लागिरहेको छैन । यसैबिच ऋषिको परिवारसँग निकै नजिक रहेकी नायिका रबिना टन्डनले सामाजिक सञ्जालमा ऋषि कपुरको एक भिडियो सेयर गर्दै उनलाई निकै मिस गरिरहेको बताएकी छिन् ।
भिडियो ऋषिले रबिनाको पिताको लागि तयार पारेका थिए, जतिबेला उनी उपचारका लागि न्युयोर्क जान लागेका थिए । त्यसपछि ऋषि सरप्राइज दिन थाहै नदिई रबिनाका पिताको जन्मदिनमा पनि पुगेका थिए ।
ऋषि र रबिनाका पिता पहिलेदेखिकै मिल्ने साथी थिए । जसका कारण उनीहरुको पारिवारिक सम्बन्ध पनि थियो ।
रबिनाले भिडियो सेयर गर्दै लेखेकी छिन्, ‘प्रिय चिन्टु अंकल, यहाँ तपाईंलाई हरेक दिन याद गरिन्छ । न्युयोर्कमा उपचारका लागि जान ठीकअघि उनले बुवाको लागि यो भिडियो रेकर्ड गर्नुभएको थियो । र, बुवाको जन्मदिनमा अचानक पुगेर वहाँलाई सर्प्राइज पनि दिनुभएको थियो । तपाईं जहिले पनि हाम्रो घर र हाम्रो मुटुमा रहनुहुनेछ ।’