२८ बैशाख २०७७, काठमाडौँ
कुनै समयका चर्चित अभिनेता सबिन श्रेष्ठ आजभोली त्यति चलचित्रमा देखिएका छैनन् । तर उनको चर्चा भने सामाजिक सञ्जालमा भैरहन्छ । पछिल्लो समयमा उनी प्रेमिका अनु शाहसँगको प्रेमका कारण चर्चामा आइरहेका हुन्छन् ।
यस्तै सबिनको बडीको पनि चर्चा भैरहन्छ । उनी फिटनेशमा निकै नै ध्यान दिने अभिनेतामा पर्छन् । त्यसैले उनको ज्यान सधै नै फिट रहन्छ । यस्तै लकडाउनका कारण यतिबेला घरमै समय बिताइरहेका सबिनले आफ्नै युट्युब च्यानल खोलेर युवाहरुलाई फिट रहन टिप्स दिइरहेका छन् ।
उनले आफ्नो युट्युब च्यानलमार्फत फिट रहने तरिका बताइरहेका छन् । सविनले आफ्नो च्यानलमा जिमसँगै विभिन्न किसिमा रमाइला पललाई अपलोड गर्दै आएका छन् ।
उनले सबैले फिट रहन आवश्यक रहेकाले आफूले दिएका केही आइडियालाई फलो गर्न सकिने बताएका छन् । त्यसका साथै उनले सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन् ।