‘नेपाली भूमि हुँदै सडक बनाइएको विषयमा चीनसँग पनि कूटनीतिक वार्ता गर्नुपर्छ’



२८ वैशाख २०७७, काठमाडौं

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक उद्घाटन गर्ने भारतीय कदम त्रिदेशीय मुद्दा भएकाले नेपाल, भारत र चीनबीच कूटनीतिक वार्ता गर्नुपर्ने बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको शनिबार (आज)को बैठकमा बोल्दै प्रचण्डले उक्त विषय त्रिदेशीय समस्या भएकाले भारतसँग मात्रै नभई चीनसँग पनि कूटनीतिक वार्ता गर्नुपर्ने बताएका हुन् ।

“नेपाली भूमिमा हुने क्रियाकलापबाट भारतमात्र नभइ चीन पनि पछि हट्नुपर्छ ।” प्रचण्डले भने , ‘र यो समस्या समाधानका लागि त्रिदेशीय वार्ता गर्नुपर्छ ।’

यस्तै उनले नेपाली भूमिमा चीन र भारतको सहमतिबाट व्यापारिक उद्देश्यले सडक खुलाइएको बताए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्