२८ बैशाख २०७७, काठमाडौँ
लकडाउनका कारण धेरै भारतीय सिनेमाहरुमा नराम्रो असर परेको छ । यस्तो बागी ३ लाई त झन् धेरै नै घाटा भएको छ । बागी ३ रिलिज भएको १ हप्तामै भारतमा पूर्ण रुपमा लकडाउन भयो ।
जसका कारण बागी ३ ले राम्रो कमाइ गर्न पाएन । त्यसका साथै लकडाउनकै कारण बागी ३ का निर्माताले पैसा पनि पाएका छैनन् ।
चलचित्रको कामईबाट निर्माताले पाउनु पर्ने ४० करोड निर्माताको हातमा परेको छैन् । लकडाउनका कारण व्यापार भएको रकम समेत निर्माताले पाएनन् ।
मल्टिप्लेक्सबाट १५ करोड र सिंगल थिएटरबाट करिब २५ करोड लिन बाँकी रहेको बताइएको छ ।
भारतमा चलचित्र रिलिज भएको ३ साता भित्र निर्माताले पैसा पाइसक्छन् । तर, यत्तिका समय बित्दा पनि यस चलचित्रमा निर्माताले पैसा पाएनन् । चलचित्रका निर्माता सजिद नाडियाडवालाले हलबाट पैसा नआए पनि कुनै दवाव भने दिएका छैनन् ।