भारतीय प्रधानमन्त्री मोदीको पुत्ला काठमाडौंमा दहन



२८ वैशाख २०७७, काठमाडौं

भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीको पुत्ला काठमाडौं जलाइएको छ ।

नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म जोड्ने सडक एकतर्फी रुपमा निर्माण गरेपछि यतिबेला भारतको कदमविरुद्ध विभिन्न प्रदर्शनहरु भइरहेको छ ।

यसैबीच लिपुलेकमा नेपाली भूमिमाथि भारतले कब्जा गरेको भन्दै आइतबार (आज) साँझ मोदीको पुत्ला दहन गरिएको हो । काठमाडौंको  कलंकीमा जनता दरवार नामक भ्रष्टाचार विरोधी अभियानले मोदीको पुत्ला जलाएको हो ।

प्रदर्शन क्रममा ‘गो ब्याक इन्डिया’लगायतका प्लेकार्डहरु पनि बोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्