८ बर्षकी हुदाँँ नै आलियाले भनेकी थिइन्, ‘म अभिनेत्री बन्छु’



२८ बैशाख २०७७, काठमाडौँ

आलिया भट्ट बलिउडकी सर्वाधिक चर्चित नायिका हुन् । उनले बलिउडमा धेरै सुपरहिट चलचित्रहरु दिएकी छिन् । यस्तै आलियाको बचपनको कुरा अहिले अगाडी आएको छ ।

बलिउडमा पहिचान बनाउनु भन्दा धेरै अघि आलिया भट्ट आफ्नी आमा सोनी राजदान र बुबा महेश भट्ट तथा दिदि शाहिनसंग एक कार्यक्रममा सहभागी भएकी थिइन् । ‘जिना इसीका नाम हे’ नामको उक्त कार्यक्रम अभिनेता सुरेश ओवरोयले संचालन गरिरहेका थिए । कार्यक्रममा सुरेशले आलियालाई भबिष्यमा के बन्ने भन्ने प्रश्न गरेका थिए र अलियाले ‘म अभिनेत्री बन्छु’ भन्ने जवाफ दिएकी थिईन् । त्यतिबेला आलिया ८ वर्षकी मात्र थिईन् ।

आलियाले आफ्नो बचपनको भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । भिडियो हेरेर धेरैले आलियामा बच्चैदेखि नै नायिका बन्ने सोच भएकाले आज यत्तिको सफल नायिका भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्