२९ बैशाख २०७७, काठमाडौँ
आयुष्मान खुराना बलिउडका निकै सफल अभिनेता हुन् । पछिल्लो समयमा उनले खेलेका एकपछि अर्को चलचित्र सुपरहिट भैरहेका छन् । उनी नायक मात्र नभएर गायक पनि हुन् । उनले बलिउडमा धेरै हिट गीतहरु दिएका छन् ।
यस्तै हिजो मदर्स डे को अवसरमा आयुष्मानकी आमाले उनको विगतबारे केही बताएकी छिन् । आयुष्मानलाई सानैदेखि नै कलाकारितामा रुचि थियो । उनले सानो छदाँ अंग्रेजी नाटक समेत खेलेका थिए । ठूलो भएर अभिनेता बन्छु भन्दा आयुष्मानले आफ्ना पिताको थप्पड समेत खाएका थिए ।
आयुष्मानका पिता उनलाई डाक्टर बनाउन चाहन्थे । जसका कारण प्राथमिक शिक्षा पनि उच्च शिक्षा उनले विज्ञान विषय लिएर पढे । तर डाक्टर बन्नमा कत्तिपनि रुचि नभएपछि उनले आँट गरेर बाबुलाई आफूलाई कलाकारिता रुचि भएको बताए ।
पछि त उनले आफ्ना पिताको पनि साथ पाए र मेडिकलको पढाइलाई त्यहि पुर्णविराम लगाएर कलाकारितालाई अघि बढाए । जसका कारण आज उनी बलिउडको सफल अभिनेताको सुचीमा गनिएका छन् ।
आयुष्मानले आफ्नो जीवनको पहिलो कमाइबाट आमालाई घडी किनेर ल्याइदिएका थिए । छोराले आफ्नो लागि त्यस समयमा घडी ल्याइदिएको कुराले आयुष्मानकी आमालाई अहिले पनि भावुक बनाउँछ ।