२९ बैशाख २०७७, काठमाडौँ
छिमेकी मुलुक भारतले नेपाललाई सोध्दै नसोधी चाइना जाने बाटो बनाएपछि यसको चर्को विरोध भैरहेको छ । नेपाल सरकारले समेत विज्ञप्ती जारी गरेर यसको विरोध गरेको छ ।
त्यसका साथै नेपाली कलाकारहरुले पनि सामाजिक सञ्जाल मार्फत यसको विरोध गरिरहेका छन् । कलाकार सिताराम कट्टेल अर्थात धुर्मुसले पनि स्टाटस लेख्दै यो कुरा सहि नभएको बताएका छन् ।
सिताराम लेख्छन्–‘विभिन्न समयमा नेपालको सिमा मिचिरहने र विवादमा आइरहने भारतले आफ्नो स्वभावलाई पछिल्लो कदम अन्र्तगत लिपुलेक हुँदै चिनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माणले प्रष्ट पारेको छ । कालापानी, लिपुलेक र सुस्तामात्र होइन, नेपाल–भारत सीमाका ७१ स्थानमा भारतीय पक्षले सधै विवाद निकाल्दै आएको छ । तसर्थ, स–सम्मान नेपाली भूमि फिर्ता गर्न भारतले यथासक्य छिटो कदम चालोस् भनी आग्रह गर्दछौ ।’
उनले, हामीलाई सीमा मिचेर ठूलो भू–भाग भएको छिमेकी हैन, ठूलो हृदय भएको छिमेकी चाहिएको पनि उल्लेख गरेका छन् ।
साथै उनले हामी सबैलाई हाम्रो जन्मभूमि स्वर्गभन्दा प्यारो हुने उल्लेख गरेका छन् ।