२९ वैशाख २०७७, वुहान
कोभिड १९ (कोरोना भाइरस)बाट एघार जना संक्रमित भएको फेला परेपछि चीनको एउटा शहरलाई उच्च जोखिम वर्गीकरण गरेर पूर्ण लकडाउन् गरिएको छ ।
उत्तर कोरियासँग सीमा जोडिएको जिलिन प्रान्तमा रहेको शुलानमा ११ जनामा संक्रमण देखिएको थियो । ती सबै संक्रमित एक महिलासँग सम्बन्धित रहेको बताइएको छ ।
४५ वर्षीया महिलाले आफ्नो श्रीमान् दिदीबहिनी र अन्य परिवारका सदस्यहरूलाई कोरोना सरेको पुष्टि भएको थियो । तर ती महिलाले कतै यात्रा भने नगरेको अधिकारीहरूले बताएका त्यहाँका सञ्चारमाध्यमहरुले जनाए ।
शहरका सबै सार्वजनिक स्थलहरू बन्द गरिएको र त्यहाँ सबैलाई घरभित्रै बस्न निर्देशन दिइएको छ । सार्वजनिक यातायात बन्द गरेर शहरलाई उच्च जोखिमको वर्गीकरणमा राखिएको छ ।
चीनको वुहान शहरमा स्थानीय संक्रमणबाट फैलिएको कोरोनाका नयाँ घटनाहरू देखा परेका छन् । अधिकारीहरूले नयाँ पाँच संक्रमितहरू एउटै आवास क्षेत्रका भएको बताएका छन् ।
महामारी घोषणा भएयता ११ मार्च पछि वुहानमा एकै दिनमा संक्रमितहरू पुष्टि भएको सबैभन्दा ठूलो संख्या हो । वुहान कोरोना संक्रमण शुरू भएको केन्द्रविन्दु हो र त्यहाँ केही दिनदेखि नयाँ संक्रमित देखिएका थिएनन् ।
गत मार्च महिनामा संक्रमित भएका एकजना ८९ वर्षीय पुरुष बिरामी वरपरका मानिसमा संक्रमण भएको पाइएको हो ।
|फाइल तस्वीर|