फोर्ब्सको नजरमा नेपाल : १ नम्बरको घुम्नलायक देश



२९ वैशाख २०७७, काठमाडौं

नेपाल सन् २०२० का लागि विश्वको घुम्नलायक उत्कृष्ट १० देशको पहिलो नम्बरमा परेको छ ।

चर्चित अमेरिकी पत्रिका फोर्ब्सले नेपाललाई सन् २०२० र आउने दशकसम्मका लागि पर्यटकहरुका लागि घुम्नलायक उत्कृष्ट देशभित्र राखेको हो । पत्रिकाले एमाजोन जंगलदेखि सगरमाथालाई समेटेको छ ।

पत्रिकाले संसारकै सबैभन्दा साहसिक पर्यटनका लागि नेपाल उपयुक्त समेत रहेको समेत उल्लेख गरेको छ । पत्रिकाले नेपालको तराईदेखि हिमालयका हिमालको समेत व्याख्या गरेको छ ।

यस्तै पत्रिकाले चितवनमा अवस्थित टाइगर टप्स रिसोर्टको थारु लज, हात्तीमा गरिने जंगल सफारी, बाघ तथा सूर्य अस्ताएको मनोरम दृश्यहरु देख्न सकिने कुरालाई प्राथमिकतामा राखेको छ ।

यसैगरी राजधानीमा अवस्थित द्वारिका होटललाई ज्यूँदो संग्राहालयको रुपमा व्यख्या गरेको छ । मानिसहरुलाई आकर्षित गर्ने धेरै ठाउँहरु अझै चर्चामा नआएको उल्लेख गर्दै पत्रिकाले पर्यटकहरुलाई नेपालका त्यस्ता ठाउँहरुमा भ्रमण गर्न आग्रह गरेको छ ।

यस्तै, नेपालको हिमाली क्षेत्रको पदयात्रा पनि रोमाञ्चक हुने पत्रिकाले वर्णन गरेको छ । सो पत्रिकाले सगरमाथा बेस क्याम्पको यात्राको समेत वर्णन गरेको छ । यस्तै विश्व आर्थिक मञ्चले भ्रमणका लागि नेपाल विश्वको १५ औँ सस्तो मुलुक भएको उल्लेख गरेको छ ।

लन्ली प्लानेटले सन् २०१९ मा काठमाडौं विश्वको उत्कृष्ट घुम्न लायक सहरको रुपमा राखेको थियो । फोर्ब्सको अन्य घुम्न लायक मुलुकको सूचीमा इक्वेडर, न्यूज्यालेन्ड, पेरु, आलस्का, ब्राजिल, मोरोक्को, चीन, फिनल्यान्ड र केन्या छन् ।

प्रतिक्रिया दिनुहोस्