२९ वैशाख २०७७, काठमाडौं
सरकारले लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालय बोलाएर ‘कूटनीतिक नोट’ थमाएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार (आज) राजदूत क्वात्रालाई मन्त्रालयमा बोलाएर नेपाली भूमिबारेको कूटनीतिक नोट थमाएका हुन् । राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीलाई मन्त्रालयमा भेटेका छन् ।
भारतले नेपाली भूमि मिचेर निर्माण गरेको सडक गत शुक्रबार मात्रै उद्घाटन गरेको थियो । परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गरिसकेको छ ।
|तस्वीरमा राजदूत क्वात्रा र मन्त्री ज्ञवाली। श्रोतः|