२९ वैशाख २०७७, काठमाडौं
खगोलशास्त्रीहरूले पृथ्वीसँग सबैभन्दा नजिक रहेको एउटा सम्भावित ब्ल्याक होल (कृष्णविवर) पत्ता लगाएका छन् ।
त्यो झन्डै १,००० प्रकाशवर्ष टाढा (टेलिस्कोपीअम) नामक नक्षत्रमण्डलमा छ । अर्थात् पृथ्वीबाट झन्डै ९,५०० खर्ब किलोमिटर पर । हामीलाई यो दूरी एकदमै धेरै हो जस्तो लाग्न सक्छ ।
तर ब्रह्माण्डको विशालतामा त्यो ठाउँ पल्लो घरजस्तै हो । दुई वटा तारासँग गरेको अन्तर्क्रियाको शैलीका आधारमा उक्त ब्ल्याक होल पत्ता लागेको हो । ती तारामध्ये एउटाले ब्ल्याक होलको परिक्रमा गर्छ भने अर्कोले भित्री भागको ।
प्रायः ग्यास र धूलोको मण्डलसँग हुने बलशाली अन्तर्क्रियाका आधारमा ब्ल्याक होल पत्ता लगाइन्छ । तिनले त्यस्ता पदार्थ छर्दा ठूलो परिमाणमा एक्सरे उत्सर्जित हुन्छ ।
उच्च मात्रामा ऊर्जा हुने त्यस्तो सङ्केतलाई दूरबिनले पत्ता लगाउँछ, सोझै ब्ल्याक होललाई हैन । तसर्थः यो अस्वाभाविक उपलब्धि हो । संयुक्त रूपमा एचआर ६८१९ (HR 6819) भनिने ताराहरूको चालले उक्त ब्ल्याक होल पत्ता लगाउन सम्भव भएको हो ।