आज धेरै दिनपछि हजारबाट सयमा झर्यो अमेरिकामा मृत्यु, पछिल्लो २४ घण्टाको अपडेट



३० बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ९ सय ३७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८१ हजार ७ सय २४ बढी  पुगेको छ ।

एकैदिन १७ हजार ४३ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १३ लाख ८४ हजार ६ सय ८१ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ४ सय ८१ जनाको अवस्था गम्भीर रहेको छ भने २ लाख ६० हजार ४०० जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्