छिमेकी भारतमा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



३० बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारत सार्क राष्ट्रमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ भने एसियाली मुलुकमा चौथो नम्बरमा रहेको छ त्यस्तै विश्वमा १४ औं नम्बरमा रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ नाघेको छ ।

एकैदिन ३ हजार ६ सय ७ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७० हजार ७ सय ६८ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २२ हजार ५ सय ४९ जना उपचारपछि निको भएका छन् भने ४५ हजार ९ सय २५ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्