कोरोना आतंकले थपिदै संक्रमित, बढ्दै मृत्यु, श्मशान बन्दै विश्व (अपडेट)



३० बैशाख २०७७, काठमाडौं

विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २ लाख ८६ हजार ९८६ पुगेको छ । त्यस्तै संक्रमितको संख्या ४२ लाख ५० हजार ८६२ पुगेको छ । संक्रमितमध्ये  १५ लाख २५ हजार १९३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

विश्वका २१२ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका २४ लाख ३८ हजार ६८३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ४६ हजार ९५६ जनाको अवस्था गम्भीर छ ।

हाल सम्म युरोपियन मुलुकहरुमा १ लाख ५३ हजार ९२६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ५३ हजार ९२६ पुगेको छ ।

उत्तर अमेरिकी मुलुकहरुमा ९१ हजार २११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख १७ हजार ८६८ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २२ हजार ४५१ जनाको मृत्यु भएको छ । ६ लाख ८३ हजार ६३७ जना संक्रमित छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा १६ हजार ९१० जनाको मृत्यु भएको छ । ३ लाख १९ हजार २९७ जना संक्रमित छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ३५५ जनाको ज्यान गएको छ भने ६७ हजार ७७८ जना संक्रमित छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५४९ पुगेको छ ।

सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा ९ सय ३७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८१ हजार ७ सय २४ बढी  पुगेको छ । एकैदिन १७ हजार ४३ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १३ लाख ८४ हजार ६ सय ८१ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ४ सय ८१ जनाको अवस्था गम्भीर रहेको छ भने २ लाख ६० हजार ४०० जना संक्रमित उपचारपछि निको भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्