फेरि विवादमा ट्रम्प, उचित प्रश्नको निच उत्तर दिएको पत्रकारको आरोप



३० बैशाख २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादमा आएका छन् । उनले ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा एकजना महिला पत्रकारको प्रश्नको जवाफ दिँदै यो प्रश्न चीनलाई सोध्न भने ।

पत्रकार वेजिया जियाङले अमेरिकामा कोरोना भाइरसको संक्रमण पत्ता लगाउने टेष्ट राम्रो भइरहनुका बाबजुद अमेरिकाले धेरै गर्न सक्ने अवस्थामा पनि किन धेरै अमेरिकी नागरिकले बढी ज्यान गुमाइरहेका छन् भनी प्रश्न सोध्दा ट्रम्पको उत्तर थियो यो प्रश्न मलाई नसोध्नु, यो प्रश्न चीनलाई सोध्नु ?

एशियाली मुलकी ती अमेरिकी पत्रकारले आफूलाई निच उत्तर दिएको भनी प्रश्न गरेकी थिइन् । ट्रम्पले त्यसपछि अर्की महिलाको प्रश्न पनि सामना गर्न चाहेनन् र पत्रकार सम्मेलन नै छाडेर हिंडे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको संक्रमण फैलनुमा चीनलाई दोष दिइरहेका छन् । यसले अमेरिकाको चीनसँग सम्बन्ध चिसिएको छ । दुवै देश आरोप प्रत्यारोप गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्