विश्व नर्सिङ दिवस : उच्च मनोबलकासाथ काम गर्न मन्त्री ढकालको स्वास्थ्यकर्मीलाई आग्रह



३० वैशाख २०७७, काठमाडौं

आज विश्व नर्सिङ दिवस । तर यस वर्ष कोभिड १९ (कोरोना भाइरस)को संक्रमणका कारण मुलुक लकडाउन् हुँदा औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।

दिवसका अवसरमा स्वाथ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको महामारीका कारण आक्रान्त बनिरहेका बेला अग्रपंक्तिमा खटिएर सेवा दिइरहेका सम्पूर्ण नर्स, चिकित्सक तथा स्वाथ्यकर्मीलाई शुभकामना दिएका छन् ।

मन्त्री ढकालले आफू जोखिममा रहेर स्वाथ्य सेवामा खटिएका सम्पूर्ण स्वाथ्यमकर्मीलाई उच्च मनोबलका साथ कार्य गर्न उर्जा मिलोस् भन्ने कामना पनि गरेका छन् ।

हरेक वर्षको मे १२ मा विश्व नर्सिङ दिवस मनाउने गरिन्छ । फ्लोरेन्स नाइटिंगेलको जन्मदिनको अवसरमा यो दिवस मनाउने गरिएको हो । सन् १८२० मे १२ का दिन इटालीमा आधुनिक चिकित्सा पद्धतीमा अभूतपूर्व योगदान गर्न नर्स पेशाको सुरुवात गर्ने फलोरेन्सको सम्मानस्वरुप यो दिवस मनाउन थालिएको हो ।

नेपालमा विसं २०१३ देखि नर्सिङ पेशा शुरु भएको मानिन्छ । विश्व नर्सिङ दिवस हरेक वर्षको मे १२ को दिनमा मनाइँदै आएपनि नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्षको माघ १५ गते मनाउने गरिएको हो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्