सेरोगेसीअघि धेरै पटक गर्भवती भएकी थिइन् शिल्पा, तर हरेक पटक यसकारण  भयो गर्भपतन



३० बैशाख २०७७, काठमाडौँ

बलिउड अभिनेत्री शिल्पा सेट्टीले केहीमहिना अघि सेरोगेसी मार्फत छोरी समिषालाई जन्म दिइन् । उनले सेरोगेसी मार्फत छोरीलाई जन्म दिएपछि धेरैले उनलाई आफैले छोरीलाई किन जन्म नदिएको भनेर प्रश्न पनि गरेका थिए ।

धेरैलाई थाहा छैन होला, तर शिल्पाको धेरै पटक गर्भपतन भैसकेको छ । उनी दोस्रो सन्तानलाई पनि आफैले जन्म दिन चाहन्थिन् । तर उनले सकिनन् ।

एक अन्तवार्तामा उनले यसबारे सबै कुरा भनेकी छिन् । शिल्पाले भनिन्, ‘भियान, जन्मिएपछि मैले अर्को बच्चा जन्माउन धेरै समयसम्म प्रयास गरेँ । तर म एपीएलए नामको अटो इम्युन डिजिजबाट ग्रसित भएकोले यसले प्रत्येक पल्ट मेरो गर्भपतन गरायो । यसैकारण सरोगेसी गर्नुपरेको हो । म भियानलाई एक्लो सन्तानको रुपमा हुर्किएको हेर्न चाहन्नँ किनभने म पनि दुई सन्तानबीच नै हुर्किएको हुँ तसर्थ ‘सिबलिङ’ को महत्व कति छ भनेर राम्रोसँग थाहा छ । ’

‘मैले लगभग चार वर्ष प्रतिक्षा गरेँ । निकै इरिटेट भइसकेकी थिएँ तसर्थ सरोगेसी रुट छानेँ । तीन पटकको प्रयासपछि समिषा पायौं । मैले एक समयमा त अर्को सन्तानको आशा नै त्यागिसकेकी थिएँ,’ उनले भनिन् ।

उनी समिषालाई पाएकोमा आफूलाई निकै भाग्यमानी ठानेको बताउँछिन् । उनले अब भियान र समिषालाई एकसाथ मायाले हुर्काउने बताएकी पनि छिन् ।

प्रतिक्रिया दिनुहोस्