३० बैशाख २०७७, काठमाडौँ
आफ्नो अभिनयको कारण सबैको मनमा बस्न सफल अभिनेता इरफान खानको निधनले उनका फ्यानलाई निकै नै दुखी तुल्याएको छ । उनी फिल्म क्षेत्रमा मात्र नभएर सामाजिक काममा पनि सक्रिय थिए ।
यस्तै अब उनको सम्मानका लागि महाराष्ट्रको एक गाउँको नाम नै परिवर्तन गरिएको छ । महाराष्ट्रको गाउँ इगातपुरीको नाम ‘हिरोची वाडी’ बनाउने निर्णय गरिएको हो । उक्त मराठी नामको अर्थ ‘हिरोको छिमेकी’ हुन्छ । उक्त गाउँमा इरफानको फार्महाउस रहेको छ ।
उक्त गाउँको लागि इरफानले धेरै सहयोग गरेका छन् । जसका कारण गाउँमा रहेका गाउँलेहरुले उनलाई धेरै नै सम्मान गर्ने गरेका छन् ।
इरफानले गाउँको लागि एम्बुलेन्स, बालबालिकाहरुको लागि कम्प्युटर, पुस्तकहरु, रेनकोट, स्विटरहरु सहयोग गर्ने गर्थे । त्यस्तै चाडपर्वको बेला मिठाई पनि पठाउने गर्थे ।