‘देशको सिमा अतिक्रमण भएको बेला सबै जनता एक हुनुपर्छ’ : रेखा थापा



३० बैशाख २०७७, काठमाडौँ

अहिले भारतले नेपालको भूमिबाट नेपाललाई नै सोध्दै नसोधी बाटो बनाएपछि नेपालीले यसको चर्को विरोध गरिरहेका छन् ।

त्यसका साथै विभिन्न कलाकारहरुले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यो गलत भैरहेको बताएका छन् । यस्तै नायिका रेखा थापाले पनि सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै संकटको बेलामा सबै जनता एकजुट हुन आवश्यक भएको बताएकी छिन् ।

उनले देश संकटमा रहेको बेला जनता एक भएर अगाडी बढ्नु पर्ने बताउदै संकटको समयमा देखिएको अडानलाई देशभक्ति कसरी रु भनेर प्रश्न उठाएकी छन् ।

रेखाको स्टाटस जस्ताको तस्तै-

देशको सिमा अतिक्रमण भएको बेला जनता एक जुट हुनु पर्दछ । देशका राजनीतिक शक्ती एकजुट हुनु पर्दछ । जुनसुकै मुल्यमा आफ्नो सिमा रक्षा गर्नु हाम्रो पुस्ताको दायित्व हो । कुनै पनि प्रकारको आत्मसमर्पण अक्षम्य हुनेछ ।
हाम्रो देशको हरेक इन्च जमिन हामीलाई मुटु भन्दा प्यारो छ । राष्ट्रियता कसैलाई सरकारमा पुर्याउने भर्र्याङ् होइन, कसैको राजनीतिको भजन होइन । यस्तो बेला लिने अडानले देखाउछ क-कस्को दावी खोक्रो छ ? कस्को अडान देसभक्तीले भरिएको छ ?

प्रतिक्रिया दिनुहोस्