नेकपाले डाक्यो स्थायी कमिटी बैठक



३० वैशाख २०७७, काठमाडौं

सत्तारुढ नेकपाले स्थायी कमिटी बैठक डोकेको छ ।

नेकपाले बुधबार (भोलि) पार्टी मुख्यालय धुम्बाराहीमा बिहान ११ बजे बैठक बोलाइएको एक नेताले जानकारी दिए । बैठकको माग गर्दै २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र नै पठाएका थिए ।

त्यसपछि सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाएका थिए । तर प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्