सीमा समस्या समाधान सडकमा बुरुक्क उफ्रिएर हुँदैन : प्रधानमन्त्री



३० वैशाख २०७७, काठमाडौं

प्रधानमन्त्री केपी ओलीले भारतसँगको सीमा समस्या समाधानको लागि सडकमा उफ्रिएर नहुने बताएका छन् ।

मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यस प्रकृतिका समस्या समाधान नहुने बताएका हुन् ।

सीमा समस्या समाधानका लागि भारतसँग वार्ता गरिने प्रधानमन्त्रीकाले बताएको एक मन्त्रीले बताएका छन् । बैठकमा मन्त्रीहरुलाई निर्देशन दिँदै ओलीले भारतसँग कुरा गरेर, वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने बताएका थिए ।

“आवेशमा आएर, बाटोमा उफ्रिएर समाधान हुने होइन । यस विषयमा बोल्दा तथ्यपरक भएर कुरा बुझेर मात्रै बोलौं ।”उनको भनाई थियो । यस्तै ओलीले यस्तो संवेदनशील विषयमा बोल्दा तथ्य, तथ्यांक र प्रमाण भएका कुरामात्रै बोल्न मन्त्रीहरुलाई उनले निर्देशन पनि दिएका थिए ।

यसअघि भूमिसुधार मन्त्री पद्मा अर्यालले एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा लिम्पियाधुरा नेपालको नक्शामा कहिल्यै नभएको भनेकामा संसदीय समितिमा समेत उनको आलोचना भएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्