पूनम पाण्डे पक्राउ परेको खबर झुटो, आफैले भिडियो सेयर गर्दै बताइन् वास्तविकता



३० बैशाख २०७७, काठमाडौँ

हिजोमात्र बलिउडकी चर्चित मोडल पूनम पाण्डे पक्राउ परेको खबर सार्वजनिक भएको थियो । तर आजै पूनमले उक्त कुराको खण्डन गरेकी छिन् । उनले आफूले लकडाउनको उल्लघंन नगरेको स्पष्ट पारेकी छिन् ।

सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै उनले आफू घरमै सुरक्षित रहेको समेत बताएकी छिन् ।

उनले लक्डाउन बेवास्था गर्दै साथी सैफ अहमद संग घुम्दै गर्दा पक्राउ परेको विषयले चर्चा पाएको थियो । उनी सन् २०११को वर्ल्डकपको समय भारतले जितेमा आफु ‘न्युड’ हुने भन्दै चर्चामा आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्