अमेरिकामा रहेका नेपाली निर्देशकले प्राविधिक संघलाई गरे आर्थिक सहयोग



३० बैशाख २०७७, काठमाडौँ

केहीसमयदेखि अमेरिकामा रहेका निर्देशकहरुले रकम जम्मा गरेर प्राविधिक संघलाई सहयोग गरेका छन् । कोरोनाका कारण लकडाउन चलचित्रका प्राविधिक पनि समस्यामा परेका छन् ।

सहयोग स्वरुप नारायण पुरीले १०० डलर, दिनेश कार्कीले ६० डलर, गोपाल चन्द्र लामिछानेले ५३ डलर, अक्की शर्माले ५१ डलर, किशोर सुब्बाले ५० डलर र सुमन दाहालले ५० डलर प्रदान गरेका छन् ।

कुल ४३ हजार ७ सय ५४ रुपैंयाँ ९८ पैसा निर्देशक समाजका महासचिब जनक दीप पराजुलीले प्राबिधिक संघ अध्यक्ष पुस्कर लामालाई हस्तान्तरण गरेका हुन् । सहयोगको लागि निर्देशक समाजका महासचिब पराजुलीले पहल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्