अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



३१ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८३ हजार ३ सय ६६ बढी  पुगेको छ ।

एकैदिन २२ हजार २०५ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १४ लाख ८ हजार ३९ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ४ सय ७३ जनाको अवस्था गम्भीर रहेको छ भने २ लाख ९३ हजार ३ सय ५८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्