छिमेकी भारतमा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



३१ बैशाख २०७७, काठमाडौं

भारतमा पछिल्लो २४ घण्टामा १ सय २१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २४ सय नाघेको छ ।

एकैदिन ३ हजार ४ सय ७५ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७४ हजार २ सय ४३ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २४ हजार ४ सय २० जना उपचारपछि निको भएका छन् भने ४७ हजार ७ सय ८ जना संक्रमितको उपचार भइरहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारत सार्क राष्ट्रमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ भने एसियाली मुलुकमा चौथो नम्बरमा रहेको छ त्यस्तै विश्वमा १४ औं नम्बरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्