३१ बैशाख २०७७, काठमाडौं
नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्व गृहमन्त्री समेत रहेका रावलको सुरक्षामा खटिएका ती जवान भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए ।
उनी टेकु अस्पतालमा अहिले उपचाररत छन् । ती जवान वैशाख २ गते बिदा लिएर गएको र फर्किएर आउँदा कोरोना परीक्षण गरेर आउन भनिएको थियो । परीक्षणमा उनमा कोरोना पोटेभिट देखिएको हो ।