नेकपा स्थायी कमिटी बैठक बस्दै : लिपुलेक र नीति तथा कार्यक्रम मुख्य एजेण्डा



३१ वैशाख २०७७, काठमाडौं

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज बस्दै छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम र भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल हुने बताइएको छ ।

यसअघि गत २५ बैशाखमा बस्ने भनिएको स्थायी कमिटी बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी निकटका सदस्यहरुको अनिच्छाका कारण बसेको थिएन ।

त्यसयता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटकपटक भेटे पनि प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली बैठक राख्न सहमत थिएनन् । तर एकाएक बैठक तय भएको सूचनासहित स्थायी समिति सदस्यहरुलाई बैठकमा बोलाइएको छ ।

स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न भन्दै २४ गते बसेको सचिवालय बैठकमा ओली स्वास्थ्यको कारण देखाउँदै उठेर हिँडेपछि बैठक अनिश्चित भएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्