३१ वैशाख २०७७, काठमाडौं
पूर्वगृहमन्त्री तथा नेकपा स्थायी सदस्य सूदुपश्चिमका नेता भीर रावलको घरमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका एक जवानलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटमा बस्दै आएका २७ वर्षीय ती सशस्त्र प्रहरीका जवानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।
सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत उनलाई कोरोना पुष्टि भएपछि मंगलबार (हिजो) राति नै शुक्रराज ट्रपिकल तथा सरुवा रोगटेकु अस्पतालमा भर्ना गरिएको छ ।
स्रोतका अनुसार रावलको घरमा सुरक्षार्थ तैनाथ उनी गत २ वैशाखमा त्यहाँबाट निस्किएका थिए । श्रीमती बिरामी भएपछि उपचारका लागि गएका उनलाई यसबीचमा कोरोना भएको हो ।
उनी काठमाडौंबाट तराई गएर फर्किएको बताइएको छ । भक्तपुरमै रामधुनी नगरपालिका, झुम्का निवासी २५ वर्षीया महिलालाई पनि कोरोना पुष्टि भएको छ ।
उनी स्टाफ नर्स भएको बताइएको छ । उनलाई पनि राति नै टेकु अस्पतालमा भर्ना गरिएको छ ।
|फाइल तस्वीर|