कोरोनाका कारण समस्यामा परेकाहरुलाई खाना खुवाउँदै अभिनेता पल शाह



३१ बैशाख २०७७, काठमाडौँ

अभिनेता पल शाहले लकडाउनका कारण समस्यामा परेकाहरुलाई निरन्तर सहयोग गर्दै आएका छन् । उनले सुरुमा प्राविधिकहरुलाई ५ लाख सहयोग गरे । त्यसपछि राहत वितरण गरे ।

अहिले फेरि असाहयलाई खाना खुवाएका छन् । पलले, भक्तपुरको सानो ठिमी चोक, भक्तपुर क्यान्सर अस्पताल र सूर्यविनायक चोकमा रहेका मानिसहरुलाई खाना खुवाएका छन् । मानव सेवा आश्रमसँग मिलेर उनले यो काम गरेका हुन् ।

पलको यस्तो कामले उनका फ्यानको मन जितिरहेको छ । सबैले पललाई मनकारी भन्दै उनको प्रशंसा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्