प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक



३१ वैशाख २०७७, काठमाडौं

प्रधानमन्त्री केपी ओलीले बुधबार (आज) अपराह्न सर्वदलीय बैठक डाकेका छन् ।

भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि विकसित सन्दर्भका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाकेका हुन् ।

नेपालका तर्फबाट एकीकृत धारणा बनाउनका लागि बोलाइएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरु सबैलाई पनि आमन्त्रण गरिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साढे ४ बजे बोलाइएको हो ।

धारतको धार्चुलाबाट चीनको मानसरोवर जान नेपालको दार्चुला जिल्लाको लिपुलेक–कालापानी हुँदै डेढ दशकदेखि सडक निर्माण गरिरहेको भारतले गत शुक्रबार उक्त सडक ट्रयाकको उदघाटन गरेको थियो ।

भरातीय रक्षामन्त्री राजनाथ सिंहले उक्त सडक मार्ग उदघाटन गरेपछि नेपालमा यसको विरोध भएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्