३१ बैशाख २०७७, काठमाडौँ
लकडाउनको समयमा सबैजना घरमा समय बिताइरहेका छन् । बलिउडकी चर्चित नायिका उर्वशी रौतेला भने लकडाउनमा पनि आफ्नो काममा सक्रिय रहिन् । उनले लकडाउनका बिच घरमै बसी बसी अनलाइन डान्स क्लास सुरु गरेकी थिइन् ।
जसबाट उनले ५ करोड कमाएकी छिन् । कोरोना संक्रमितहरुको सहयोगका लागि उनले यो काम सुरु गरेकी हुन् । यसमा करिब १८ करोड मानिसहरु जोडिएका थिए ।
उर्वशीले अनलाइनको माध्यमबाट जुम्बा, टबाटा, ल्याटिन नृत्य सिकाइरहेकी छिन् । उर्वशीले, डान्स क्लासबाट उठेको रकम क्राई फाउन्डेशन र स्वेदश फाउन्डेशनलाई सहयोग गरेकी छिन् ।