ऋषिको १३ औँ दिनको प्राथना सभाका लागि रणवीरको घर पुगिन् आलिया



३१ बैशाख २०७७, काठमाडौँ

आज ऋषि कपुरको निधन भएको १३ दिन पुगिसकेको छ । ऋषिको १३ औँ दिनको तिथिमा उनको घरमा प्राथना राखिएको थियो । जहाँ करिश्मा कपुर, आलिया भट्ट, स्वेता बच्चन, रणधीर कपुर पुगेका थिए ।

प्रार्थना सभाका केही तस्बिर उनकी छोरी रिद्धिमा कपूर साहनीले इन्स्टाग्राममा सेयर गरेकी छिन् । एक तस्बिरमा ऋषिको फोटोमा माला लगाइएको देख्न सकिन्छ जुन सेयर गर्दै रिद्धिमाले लेखिन्, ‘तपाईंलाई सधैं प्रेम गर्नेछु पापा…’ अन्य तस्बिरमा रिद्धिमा र रणबीर पूजा गरिरहेको देख्न सकिन्छ ।

यसलाई रिद्धिमाले क्याप्सन दिएकी छिन्, ‘तपाईंको विरासत सधैं कायम रहनेछ । तपाईंलाई धेरै माया ।’

प्रतिक्रिया दिनुहोस्