महिला संयोजक करुणा तुलाधरको संयोजनमा विपन्न परिवारलाई राहत वितरण



३१ बैशाख २०७७, काठमाडौं

एनआरएनए जर्मनीको महिला संयोजक करुणा तुलाधर राईको संयोजनमा एनआरएनए जर्मनी महिला फोरम द्वारा बूढानीलकण्ठ नगरपालिका वडा नं. १० भित्रका ३१ विपन्न परिवारलाई राहत वितरण सम्पन्न गरिएको छ ।

लामो समय देखी प्रवासमा रहेकी महिला संयोजक राईले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण लकडानले प्रभावित बनेका विपन्न परिवारलाई बूढानीलक नगरपालिका वडा नं १० र विबेकचोक महिला समूहको संयोजनमा वडा भित्रका ३१ विपन्न परिवारलाई राहात वितरण गरिएको हो । संयोजक राईले आगामी दिनमा यस किसिमका समस्या परेमा पुनः सकेको सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई, वडा सदस्य रिता दाहल तथा महिला समूहका प्रतिनिधिहरुको उपस्थितिमा राहत वितरण गरिएको थियो । राहत बितरणको लागि दाता सङ्ग समन्वय तथा पहलकदमि विबेकचोक महिला समूहकी लेखा समिति संयोजक ईश्वरी तुलाधर श्रेष्ठले गरेकि हुन ।

प्रतिक्रिया दिनुहोस्